arrow

प्रहरीका नौ डीएसपीको काज सरुवा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष ४ सोमबार
police-head-Q.jpeg

काठमाडौं । नेपाल प्रहरीका ९ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) को काज सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले अर्को निर्णय नभएसम्मका लागि काजमा खटाउने निर्णय गरेको हो ।

काज सरुवा हुने डीएसपीमा दानबहादुर थापा केन्द्रीय अनुसन्धान व्यूरोबाट इलाका प्रहरी कार्यालय बुटवल रुपन्देही पुगेका छन् । ठगबहादुर केसी रुपन्देहीबाट जिल्ला प्रहरी कार्यालय कास्की पुगेका छन् । 

कास्कीबाट सुन्दर तिवारीे केन्द्रीय अनुसन्धान व्यूरोमा काजमा आउँदा होमबहादुर पराजुली प्रहरी मुख्यालयबाट रामेछाप जिल्ला प्रहरी कार्यालयमा पुगेका छन् । 

त्यस्तै रामेछापबाट राजकुमार थिङ मुख्यालयमा काजमा आउने छन् । सिन्धुलीबाट सुदीपराज पाठकको काज मानव बेचबिखन अनुसन्धान व्यूरोमा भएको छ भने दानबहादुर थापा बुटबल तालिम केन्द्रबाट मुख्यालयमा आउने छन् । 

उपत्यका अपराध अनुसन्धानबाट डिलबहादुर मल्ल बुटवल तालिम केन्द्रमा जाने छन् भने काभे्रपलाञ्चोकबाट सुवास खड्का सिन्धुली पुग्नेछन् । 

यसअघि सोमबारै २३ एसपीको काज सरुवा भएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ