समाजसेवी शिवाकोटीले दिइन् १९ विद्यार्थीलाई छात्रवृत्ति
हाम्रा कुरा
प्रकाशित २०७९ पुष ३ आइतबार
1.2k
Shares
दोलखा । राजेन्द्रलक्ष्मी खरेल शिवाकोटी दृष्टिविहीन तथा बहिरा विद्यार्थी जेहेन्दार छात्रवृत्ति कोषकी अध्यक्ष राजेन्द्रलक्ष्मी खरेल शिवाकोटीले विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेकी छिन् ।
समाजसेवी शिवाकोटीले चरिकोटको कालिञ्चोक माध्यमिक विद्यालय तथा बहिरा प्रावि चरिकोटका १९ विद्यार्थीहरुलाई छात्रवृत्ति दिएकी हुन् ।
जसमा कालिञ्चोकका कक्षा २ देखि ११ सम्मका ३ छात्र र ४ छात्रा गरी ७ जना तथा बहिरा प्राविका कक्षा यूकेजीदेखि ५ सम्मका ७ छात्र र ५ छात्रा गरी १२ जना हुन् ।
शिवाकोटीले जनही एक हजारका दरले १९ हजार रुपैयाँ छात्रवृत्ति रकम वितरण गरिन् ।
कालिञ्चोक मावि चरिकोटको ५२ औं वार्षिकोत्सव समारोहमा शिवाकोटीले शनिबार विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेकी हुन् ।
उनले आफू सरकारी जागिरबाट सेवा निवृत्त भैइसकेपछि त्यसकै आउने कोषबाट विभिन्न विद्यार्थीहरुलाई सहयोग गर्दै आएकी छिन् ।