arrow

पीएसजीका सहयात्री आजका प्रतिद्वन्द्वी, कसले जित्ला गोल्डेन बुट ?

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष ३ आइतबार
messi-ambape-golden.jpg

काठमाडौं । पेरिस सेन्ट जर्मन (पीएसजी) का स्ट्राइकर हुन् केलियन एमबाप्पे र लियोनल मेस्सी । पीएसजीलाई फ्रेन्च लिग वान जिताएका दुवै खेलाडी आज एक अर्काको प्रतिस्पर्धी भएर मैदानमा उत्र्दैछन् । 

फ्रान्सका तर्फबाट एमबाप्पे र अर्जेन्टिनाबाट मेस्सी विश्वकप २०२२ को फाइनलमा भिड्दै छन् । दुबै असल सहयात्री पनि हुन् । 

स्टार स्ट्राइकरद्वय एमबाप्पे र मेस्सी दुवै उपाधि आफ्नो पोल्टामा पार्ने दाउमा छन् । ७ पटकका फिफा वर्ष खेलाडी बने पनि मेस्सीले हालसम्म विश्वकप जित्न सकेका छैनन् । 

मेस्सीकमा लागि विश्वकप अन्तिम मौकाको रूपमा पनि रहेको छ । यो विश्वकप पछि उनी संन्यास लिदैछन् । एमबाप्पेले चार वर्षअघि विश्वकप जित्दै पेलेको कीर्तिमान चुमेका थिए।

फिफा विश्वकप २०२२ को फाइनलमा आज फ्रान्सले अर्जेन्टिनाको सामना गर्दैछ । फ्रान्सले मोरक्कोलाई र अर्जेन्टिनाले क्रोएसियालाई हराउँदै उपाधि जितेको छ । 

फ्रान्सको टोली हालको च्याम्पियन हो । साथै फ्रान्सले तेस्रो पटक उपाधि जित्ने प्रयास गर्नेछ । 

यससँगै मेस्सीको अर्जेन्टिनाको टोली पनि ३६ वर्षदेखि जारी खडेरीलाई अन्त्य गर्दै तेस्रो पटक च्याम्पियन बन्न चाहन्छ । 

फाइनल खेल नेपाली समय अनुसार बेलुका ८:४५ बजे दोहाको लुसेल रङ्गशालामा हुनेछ ।

फाइनल खेलमा विश्वकपका प्रतिद्वन्दि मेस्सी र एमबाप्पेबीच रोचक भिडन्त हुने भएको छ । 

रोचक कुरा पीएसजीबाट क्लब फुटबल खेलेका मेस्सी र एमबाप्पेमध्ये गोल्डेन बुट कसले लग्छ भन्ने पनि छ । 

गोल्डेन बुट अवार्ड सन् १९८२ को विश्वकप फुटबलबाट सुरु भएको थियो । सो समय गोल्डन शू भनेर चिनिने यो अवार्ड सन् २०१० मा गोल्डेन बुटको नाममा परिणत गरिएको थियो । 

मेस्सी र एमबाप्पेको नाममा हाल ५-५ गोल छ । दुवै गोल्डेन बुटको दौडमा पनि अगाडि छन् । 

विश्वकप फुटबलमा सबैभन्दा बढी गोल गर्ने खेलाडीले गोल्डेन बुट पाउनेछन् । 

यदि दुई खेलाडीले सबैभन्दा बढी गोल गरेका छन् भने कुन खेलाडीले पेनाल्टीको मद्दतमा कम गोल गरेका छन् भन्ने हेरिन्छ । 

दुवैले पेनाल्टीमा गरेको गोल बराबर भएमा सबैभन्दा बढी असिस्ट गर्नेले अवार्ड पाउनेछन् । 

दुवैको असिस्ट पनि बराबर भएमा मैदानमा सबैभन्दा कम समय बिताउने खेलाडीलाई अवार्ड दिइने छ ।

असिस्टको मामिलामा एमबाप्पे भन्दा मेस्सी अगाडि रहेका छन् । एमबाप्पेले अहिलेसम्म २ र मेस्सीले ३ असिस्ट गरेका छन् ।

मेस्सीले आफ्नो पाँच मध्ये तीन गोल पेनाल्टी किकमार्फत गरेकाले एमबाप्पेको हात माथि छ। 

मेस्सीले साउदी अरेबिया, नेदरल्याण्ड्स, क्रोएसिया र तीन वटै टिमविरुद्ध पेनाल्टीबाट एक-एक गोल गरेका थिए ।

योसँगै एमबाप्पेले सबै पाँच गोल आउटफिल्डमार्फत गरेका छन् । 

यदि एम्बाप्पेले आफ्नो अग्रता कायम राखे भने उनी गोल्डेन बुट जित्ने पहिलो फ्रान्सेली खेलाडी बन्नेछन् । 

उसअघि सन् १९५८ को विश्वकपमा फ्रान्सका जस्ट फन्टेनले १३ गोल गरेका थिए । तर त्यो बेला गोल्डेन बुट दिने चलन सुरु भएको थिएन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ