arrow

फिफा क्लब विश्वकपको उपाधि म्यानचेस्टर सिटीलाई, फाइनलमा फ्लुमिनेन्स निरीह 

logo
हाम्रा कुरा
प्रकाशित २०८० पुष ७ शनिबार
mancity-world-club-champion.jpg

काठमाडौँ । म्यानचेस्टर सिटीले फिफा क्लब विश्वकप फुटबलको उपाधि जितेको छ । गएराति सम्पन्न फाइनल खेलमा म्यानचेस्टर सिटीले ब्रजिलको क्लब फ्लुमिनेन्सेलाई ४–० गोल अन्तरले पराजित गर्दै पहिलो पटक क्लब विश्वकपको उपाधि जितेको हो ।

म्यानचेस्टर सिटीको जितमा जुलियन अल्भारेजले २ गोल गरे भने फिल फोडेनले एक गोल गरेका थिए । त्यस्तै एक गोल फ्लुमिनेन्सेका निनोले आत्मघाती गोल गरेका थिए ।

फिफा क्लब विश्वकपमा सात कन्फेडेरेसनका विजेता क्लब खेल्ने गर्दछन् । अहिलेसम्म क्लब विश्वकपको रियाल मड्रिडले सबैभन्दा बढी ५ पटक जितेको छ भने बार्सिलोनाले ३ पटक जितेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ