विश्वकप छनोटः उत्तर कोरियाले खेल स्थगित गरेपछि जापानलाई विजेता घोषित
हाम्रा कुरा
प्रकाशित २०८० चैत १८ आइतबार
999
Shares
काठमाडौँ । विश्वकप छनोट फुटबल अन्तर्गत जापान र उत्तर कोरियाबीचको खेल स्थगित भएपछि जापानलाई विजेता घोषणा गरिएको छ ।
उत्तर कोरियाको प्योङयाङमा गत मंगलबार हुनुपर्ने यो खेल उत्तर कोरियाले अन्तिम समयमा खेल स्थगित गरेको थियो ।
उत्तर कोरियाले खेल रद्द गर्नुको कुनै कारण नदिएपछि विश्व फुटबलको सञ्चालक निकाय फिफाले जापानलाई यो खेलमा ३–० ले विजेता घोषित गरेको छ ।
एसिया विश्वकप छनोटको समूह बी मा रहेको जापान ९ अंकसहित शिर्ष स्थानमा रहेको छ भने यस समुहमा रहेको सिरिया ४ खेलमा ७ अंकसहित दोस्रो, उत्तर कोरिया ३ खेलमा ३ अंकसहित तेस्रो र म्यान्मार ४ खेलमा एक अंकसहित चौथो स्थानमा रहेको छ ।