arrow

एकैपटक दुई हजार पाँच सय किलो अफिम बरामद

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष २ शनिबार
opium-canada.jpg

भ्यानकुभर । क्यानाडाको ब्रिटिश कोलम्बिया क्यानाडा सीमा सेवा एजेन्सीले भ्यानकुभरको पश्चिमी तटीय बन्दरगाहमा २४७ शिपिङ प्यालेटहरूबाट ५० मिलियन अमेरिकी डलर भन्दा बढी मूल्यको लगभग दुई हजार पाँचसय किलोग्राम अफिम बरामद गरेको छ । 

बरामद गरिएको यो परिमाणको अफिम अहिलेसम्मको सबैभन्दा ठूलो परिमाण हो । गत अक्टोबर २५ मा मेट्रो भ्यानकुभर मरीन अपरेसनले यस अनुसन्धानको आधारमा १९ समुद्री कन्टेनर भित्र सामानको जाँच गरेको थियो। 

एक्स–रे टेक्नोलोजीसहित पत्ता लगाउने उपकरण र प्रविधिको प्रयोग गरेर अधिकारीहरूले ढुवानी प्यालेटहरूमा  जाँज गरी सो पत्ता लगाएको बताइएको छ ।

अनुसन्धानको बारेमा कुरा गर्दै क्यानाडाका सार्वजनिक सुरक्षामन्त्री मार्को मेन्डिसिनोले समुदायको सुरक्षा सर्वोच्च प्राथमिकता रहेको  बताएका छन् । 

अवैध लागुऔषध क्यानाडामा आउनबाट रोक्न र आपराधिक गतिविधि नियन्त्रण गर्ने कार्य सरकारको प्राथमिकतामा रहेको बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ