arrow

अध्यादेशले निम्त्याएको भेलाः रेशम चौधरीको रिहाइको माग गर्दै प्रदर्शन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष १ शुक्रबार
resham-rihai-maag.jpg

काठमाडौं । कैलालीको टीकापुर घटनामा दोषी ठहर भई जन्मकैद सजाय भुक्तान गरिरहेका रेशम चौधरीको रिहाइको माग राखेर काठमाडौंमा प्रदर्शन भएको छ । 

नागरिक उन्मुक्ति पार्टीले शुक्रबार चौधरीको रिहाइको माग गर्दै प्रदर्शन गरेको हो । चौधरीसहितलाई आममाफी दिने उद्देश्यले सरकारले राष्ट्रपतिसमक्ष मुलुकी फौजदारी कार्यविधि संहिता (पहिलो संशोधन) अध्यादेश २०७९ जारी गर्न पेस गरेको छ ।

गत सोमबार सरकारले अध्यादेश पेस गरे पनि राष्ट्रपति विद्यादेवी भण्डारीले भने जारी गरेकी छैनिन् । उक्त अध्यादेश जारी गराउन दबाब स्वरुप नागरिक उन्मुक्ति पार्टीले काठमाडौंमा प्रदर्शन गरेको हो । 

प्रदर्शनमा सहभागीहरुले ‘हाम्रो देश राम्रो अध्यादेश’ लेखिएको प्लेकार्ड बोकेका थिए । 

सरकारले नयाँ सरकार गठनमा सघाउ पुग्ने उद्धेश्यले यो अध्यादेश ल्याएको विपक्षी दलले दाबी गरिरहेको छ । तर अदालतले अपराधी भनेर फैसला गरेकालाईसमेत राजनीतिका नाममा छाड्न मिल्ने अध्यादेश आउने भएसँगै यसको आक्रोश देशभर फैलिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ