फिफा विश्वकप २०२२ को फाइनलपछि सन्यास लिने मेस्सीको घोषणा
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर २८ बुधबार
712
Shares
काठमाडौं । लियोनल मेस्सीले सन् २०२२ को फिफा विश्वकप आफ्नो अन्तिम हुने र डिसेम्बर १८ को फाइनलपछि सन्यास लिने घोषणा गरेका छन् ।
आज बिहान मात्रै क्रोएसियालाई ३–० ले हराएर अर्जेन्टिनालाई फाइनलमा पुर्याएका मेस्सीले आगामी खेल आफ्नो अन्तिम खेल हुने बताएका हुन् ।
खेलपछि अर्जेन्टिनाको मिडिया आउटलेट डायरियो डेपोर्टिभो ओलेसँग कुरा गर्दै उनले भने,'फाइनलमा आफ्नो अन्तिम खेल खेलेर आफ्नो विश्वकप यात्रा पूरा गर्न पाउँदा, मलाई यो उपलब्धि हासिल गर्न पाउँदा धेरै खुसी लागेको छ।'
'अर्कोको लागि धेरै वर्ष छ र मलाई लाग्दैन कि म यो गर्न सक्षम हुनेछु। र यसरी समाप्त गर्न, यो सबै भन्दा राम्रो छ,' देशलाई पहिलो विश्वकपको उपाधि दिलाउन प्रयासरत अर्जेन्टिनाका कप्तान मेस्सीले भने ।