arrow

सशस्त्रका एसएसपी सुरेश राष्ट्रसंघको प्रतिष्ठित पदमा छनोट 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर २६ सोमबार
suresh-kumar-shrestha-apf-ssp.jpg

काठमाडौं । सशस्त्र प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सुरेशकुमार श्रेष्ठ संयुक्त राष्ट्र संघबाट आह्वान गरिएको ग्लोबल भ्याकेन्सी अनुरुपको खुल्ला प्रतिष्पर्धाबाट प्रोटेक्सन अफ सिभिलियन साइट कोअर्डिनेटर पी (चौथो तह) मा छनोट हुन सफल भएका छन् । 

संयुक्त राष्ट्र संघको साउथ सुडानस्थित शान्ति स्थापना मिसन अन्तर्गत खाली रहेको पीओसी कोर्डिनेटर पी–फोर  पदमा सेप्टेम्बर २०२२ मा संयुक्त राष्ट्र संघ प्रहरी डिभिजनबाट आह्वान गरिएको विज्ञापनमा नेपालका तर्फबाट श्रेष्ठले प्रतिस्पर्धा गरेकामा अन्य मुलुकका प्रतिस्पर्धीहरुमध्ये परीक्षाका विभिन्न चरण र अन्तर्वार्ताबाट उत्कृष्ट भइ छनोट भएका हुन् । 

संयुक्त राष्ट्र संघको साउथ सुडान शान्ति मिसनमा पी–४ तहको कुनै पनि पदमा हालसम्म कुनै पनि नेपाली अधिकृतहरु छनौट हुन सकेका थिएनन् । हाल छनोट भएका वरिष्ठ उपरिक्षक श्रेष्ठ सशस्त्र प्रहरी बलको खुल्ला प्रतिस्पर्धाबाट छनोट भएका अधिकृतहरुमध्येसमेत पहिलो ब्यक्ति हुन् । 

सुडान शान्ति मिसनमा श्रेष्ठ पहिलो भए पनि समग्रमा भने उनी तेस्रो हुन् । यसअघि सशस्त्रबाट पूर्व प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल र चन्द्रप्रकाश गौतमले यो पद पाएका थिए । खनाल नेपाल पुलिसबाट र गौतम नेपाली सेनाबाट आएका थिए । श्रेष्ठ भने शुरुआतबाटै सशस्त्र प्रहरीमा आएका हुन् ।  

श्रेष्ठ सशस्त्र प्रहरी बलको स्थापना भए पश्चात पहिलो ब्याजमा प्रहरी निरीक्षक पदमा भर्ना भइ उक्त ब्याजमा सर्वोत्कृष्ट भई प्रथम स्थान हासिल गर्न सफल भएका थिए । 

आफ्नो ब्याजमा सधै प्रथम स्थानमा रहेका एसएसपी सुरेशकुमार श्रेष्ठले दक्षिणी सुडान मिसनमा १ वर्ष एफपीयू कमाण्डरको रुपमा काम गरिसकेका छन् । त्यसैगरी उनी संयुक्त राष्ट्र संघ शान्ति स्थापना मिसन लाइबेरिया र संयुक्त राष्ट्र संघको सहयोग मिसन ईराकमा समेत नेपालको प्रतिनिधित्व गरी काम गरिसकेका अधिकृत हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ