arrow

एनसेलको सेवा अवरुद्ध

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर २२ बिहिबार
ncell-logo-2079.jpg
तस्बिर – फाइल ।

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले प्रवाह गर्दै आएको सेवा अवरुद्ध भएको छ। बिहीबार सडक विस्तारका क्रममा बुटवल–बर्दघाट र दमौली–आँबुखैरेनी जोड्ने अप्टिकल फाइबर काटिएका कारण सेवा अवरुद्ध भएको एनसेलले जनाएको छ। 

कम्पनीले सम्बन्धित मर्मतसम्भार टोली फिल्डमा खटिइसकेको भन्दै चाँडै सेवा निरन्तर गर्ने प्रयास भइरहेको जनाएको छ। एनसेलले प्रेस विज्ञप्ति जारी गर्दै ‘यस अप्रत्यासित घटनाले सेवामा पर्न गएको असुविधाका लागि हामी क्षमाप्रार्थी छौं’ भनेको छ। 

एनसेलले अत्यावश्यक दूरसञ्चार सेवालाई सुचारु राख्नका लागि महत्वपूर्ण दूरसञ्चार पूर्वाधारको संरक्षणमा सजग रहन सबैलाई अनुरोधसमेत गरेको छ । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ