arrow

दोहोरो अंकले ओरालो लाग्यो शेयर बजार 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर २१ बुधबार
nepse-news-aaja.jpeg
तस्बिर – फाइल ।

काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार शेयर बजार घटेको छ । शेयर कारोबारमापक नेप्से परिसूचक १६.६१ अंकले घटेर १९१७.२८ विन्दुमा पुगेको छ।  मंलबार सेयर बजार ५ अंकले ओरालो लागेको थियो भने ९६ करोडको कारोबार भएको थियो ।  

बुधबार ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ४.४४ अङ्कले घटेर ३७३.६४ मा पुगेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा कूल २०४ कम्पनीको ८० लाख ९२ हजार ७१९ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ६५ करोड ४६ लाख रुपैयाँमाथिको शेयर कारोबार भएको छ।

त्यस्तै कारोबारको आधारमा सानिमा शीर्ष स्थानमा छ। यसको आज ६७ करोड २ लाखभन्दा बढीको कारोबार भएको छ। त्यस्तै दोस्रोमा सिभम् सिमेन्ट र तेस्रोमा नबिल बैंकको कारोबार भएको छ ।

बुधबारको कारोबारमा १३ वटा उपसूचकमध्ये जम्मा एक उपसूचक बढेको छ भने बाँकी सबै उपसूचक घटेको छ। कारोबारमा खप्तड लघुवित्त वित्तीय संस्था ६.०९ प्रतिशत र कुमारी धानवृद्धि योजना ५.१५ प्रतिशतले बढेको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ