arrow

प्रहरीमाथि आक्रमण गर्ने चार जनालाई पक्राउ गर्न निर्देशन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर १४ बुधबार
agitation-sukumbasi-thapathali.jpg
तस्बिर – फाइल ।

काठमाडौं । काठमाडौं महानगर प्रहरीमाथि सांघातिक आक्रमण गर्ने चार जनालाई पक्राउ गरी अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले निर्देशन दिएको छ । सोमबार थापाथलीस्थित सुकुम्बासी बस्ती खाली गराउन गएको महानगरको टोलीमाथि सांघातिक आक्रमण भएको थियो । 

सो क्रममा १८ नगर प्रहरी घाइते भएका थिए । जसमा तीन जनालाई आईसीयूमा राखेर उपचार गर्नुपरेको थियो । आक्रामणकारीले अन्धाधुन्ध आक्रमण गरेका थिए । उनीहरुले घरेलु हतियारकोसमेत प्रयोग गरेका थिए । 

उक्त आक्रमणविरुद्ध काठमाडौं महानगरपालिकाले काठमाडौं प्रहरी परिसर टेकुमा उजुरी गरेको थियो । साथै उक्त प्रकरणबारे महानगरले जिल्ला प्रशासन कार्यालयलाईसमेत जानकारी गराएको थियो ।

नगर प्रहरीमाथि आक्रमण गरेको आरोपमा नारायण परिश्रमी, हुकुमबहादुर लामा, दीपकजंग कुँवर र राजु तामाङलाई पक्राउ गरी अनुसन्धान अघि बढाउन जिप्रकाले प्रहरीलाई निर्देशन दिएको हो ।

उनीहरूमाथि मुलुकी अपराध संहिता २०७४ को दफा ८५, दफा १९६ र दफा २१२ बमोजिम कारबाही प्रकिया अघि बढाउन प्रशासनले निर्देशन दिएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ