arrow

एनसेलले थाल्यो ई–सिम वितरण

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ११ आइतबार
ncell-eSIM.jpg

काठमाडौँ। एनसेलका ग्राहकहरूले अब आफ्नो सिम ई–सिममा अपग्रेड गर्न सक्छन्। एनसेल आजियाटा लिमिटेडले शुक्रवार (मङ्सिर ०९) देखि आफ्ना ग्राहकहरूलाई ई–सिम वितरण गर्न थालेको घोषणा गरेको छ। यससँगै ग्राहकले ई–सिम चल्ने मोबाइलमा ई–सिमको प्रयोग मार्फत फाइदा लिन सक्छन्।

ई–सिम अर्थात् इम्बेडेड सिम हाल प्रयोग भइरहेको भौतिक सिमको सट्टामा प्रयोग गर्न मिल्ने डिजिटल सिम हो। यो सिम ई–सिम सपोर्ट गर्ने मोबाइल वा उपकरण भित्र सानो चिपमा हुन्छ र यसबाटै दूरसञ्चार सेवा लिन सकिन्छ। यो भौतिक रूपमा प्रयोग हुने सिम भन्दा सुरक्षित मानिन्छ र केही गरी आफ्नो मोबाइल हराएमा वा चोरी भएमा पनि ई–सिम सो मोबाइलबाट झिक्न वा हटाउन मिल्दैन।

एनसेलका ग्राहकहरूले एसएमएसमार्फत अनुरोध पठाई सजिलै आफ्नो हाल प्रयोग भइरहेको सिम ई–सिममा अपग्रेड गर्न सक्छन्। यसका लागि ग्राहकले आफ्नो नागरिकता नम्बर, इमेल ठेगाना टाइप गरी १७१२५ मा एसएमएस पठाउनु पर्दछ। ई–सिम सुचारु गर्नु भन्दा पहिला ग्राहकले एनसेलको प्रतिनिधिबाट ग्राहक पहिचानका लागि कल प्राप्त गर्दछन्। यो एसएमएस पठाउन र सिम अपग्रेड गर्नका लागि कुनै शुल्क लाग्ने छैन।

ग्राहकले आफूलाई पायक पर्ने नजिकैको एनसेल सेन्टरबाट पनि आफ्नो सिम ई–सिममा अपग्रेड गर्न सक्छन्। नयाँ ग्राहकहरूले पनि कुनै पनि एनसेल सेन्टरबाट आफूले चाहेको स्टार्टर प्याकका साथ आवश्यक प्रक्रिया पुरा गरी ई–सिम लिन सक्छन्।

ई–सिम सुविधा लिनका लागि, ग्राहकहरूका साथमा ई–सिम सपोर्ट गर्ने मोबाइल हुन आवश्यक हुन्छ। ग्राहकहरूले आफ्नो मोबाइल ई–सिम चल्ने-नचल्ने थाहा पाउन एस्ट्रिक्सह्यास०६ह्यास डालय गर्न सक्छन्। यदि इम्बेडेड आईडेन्टिटी डकुमेन्ट (ईआईडी) सहितको विवरण ग्राहकको डिस्प्लेमा आएमा त्यस्तो मोबाइलमा ई–सिम चल्छ। 

ग्राहकलाई सेवा प्रदान गर्न नयाँ प्रविधि र सेवाहरू उपलब्ध गराउने आफ्नो प्रतिबद्धताअनुरूप चल्ने सुविधा सञ्चालनमा ल्याउन पाउँदा कम्पनी खुसी रहेको एनसेलले बताएको छ। उपभोक्ता र व्यवसाय दुवै माझ कनेक्टेड डिभाइसहरूको प्रयोग बढ्ने क्रममा रहेकाले ई–सिमले सूचना तथा सञ्चार प्रविधिको विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास कम्पनीले लिएको छ।

आई फोनका पछिल्ला मोडलहरू जस्तै आई फोन एक्सएस सिरिज, आई फोन ११ सिरिज, आई फोन १२ सिरिज, आई फोन १३ सिरिज र आई फोन १४ सिरिजमा ई–सिमको सुविधा रहेको छ। त्यसै गरी सामसङको ग्यालेक्सी ए२१ सिरिज, ग्यालेक्सी ए२२ सिरिज, ग्यालेक्सी जेड फ्लिप सिरिज र गुगलको पिक्सल ४ सिरिज, पिक्सल ५ सिरिज र पिक्सल ६ सिरिजमा पनि ई–सिमको चल्ने सुविधा रहेको हुन्छ।

 

ब्रान्ड र मोबाइलका मोडलहरूका आधारमा विभिन्न मोबाइलहरूमा एक भन्दा बढी ई–सिम नम्बर दर्ता गर्न सकिने सुविधा पनि रहेको हुन्छ। यद्यपि एक पटकमा एक मात्र नम्बर सक्रिय रहन्छ। ई–सिमले सूचना तथा सञ्चार प्रविधि तथा इन्टरनेट अफ थिङ्गस्मा पनि ठूलो महत्त्व राख्दछ। विकसित देशहरूमा यो कार, घरायसी सामानहरू र औद्योगिक क्षेत्रका मसिनहरूमा पनि प्रयोग हुने गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ