एमालेसँग गठबन्धन गरेको भन्दै डेढ सय जसपा नेता कार्यकर्ता कांग्रेसमा
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक २२ मंगलबार
1.9k
Shares
पर्सा । जगरनातपुर गाउँपालिका वार्ड नम्बर २ जानकीटोलको दसौंता निवासी जसपाबाट निर्वाचित पूर्व वडाध्यक्ष प्रभु पटेल एवं यस स्थानीय चुनावमा जसपाबाट प्रत्यासी अवधेश पटेललगायत १५० जनाको संख्यामा जसपा परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
प्रतिनिधि सभा क्षेत्र नंं ४ का उम्मेदवार एवंं नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश रिजालले माला अबिर लगाइ सबैलाई पार्टी प्रवेश गराएका हुन् । पार्टी प्रवेश कार्यक्रममा नेका महाधिवेशन प्रतिनिधि वरिष्ठ नारायण कुर्मी, कांग्रेस पर्सा प्रवक्ता रमेश पान्डे, सचिव नवीन सिंह, नेता अजय पटेल, युवा नेता राकेश यादव लगायतका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
जसपाले मधेसी जनताको भवनाबाट बिचिलित भइ मधेस विरोधी एमाले जस्तो पार्टीसँग साँठगाठ गर्नु अनुचित रहेको साथै एमालेको उम्मेदवारलाई कहिँकतै कुनै कारण मत दिँदा मतको अनादर हुने तर्क राख्दै पार्टी प्रवेश गर्नुको कारण बताएका छ्न् ।