arrow

नेप्सेमा हरियाली

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक २० आइतबार
bull-stock-nepse-share.jpg

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक उकालो लागेको छ । आज नेप्से परिसुचक २।२५ प्रतिशतले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार ४३.२० अंकले बढेर १९६५.३६ विन्दुमा रोकिएको छ । 

साथै ‘क’ वर्गको सेन्सेटिभ इन्डेक्समा २।१३ प्रतिशतले वृद्धि भइ ८.०९ अंकले बढेर ३८७.५२ विन्दुमा रोकिएको छ । बिहीबार भने नेप्से परिसुचकमा ०।८३ अंकले घटेको थियो । यस्तै ३९ लाख १३ हजारभन्दा बढीको शेयर किनबेच हुँदा एक अर्ब ५४ करोड आठ लाख ३२ हजार ५६१ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । 

म्युचुअल फण्डबाहेक सबै कम्पनीको कारोबार बढेको छ । माइक्रोफाइनान्स १९६।२, जीवन बिमा ९५।०९, विकास बैंक ९१.०५, हाइड्रो पावर ६६.६८, होटल तथा पर्यटन ६१.१८, बैंकिङ ११.३९, ट्रेडिङ ५२.८४, फाइनान्स ६४.६९, निर्जीवन बिमा १३३.२६ र अन्य ५६.७६ अंकले बढेको छ । 

आइतबार १८६ कम्पनीको कारोबार भएकोमध्ये १८५ कम्पनीमा वृद्धि भएको छ भने एउटा मात्र कम्पनी घाटेको छ ।  मानुसी लघुवित्त वित्तीय संस्था १०६.३०, जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था ३०९.९० र एनइएसडिओ समृद्ध लघुवित्त वित्तीय संस्था २८८.५० अंकले वृद्धि भएको छ ।

एनर्इएसडीओ समृद्ध लघुवित्त वित्तीयको शेयर किनबेच गर्दा १० करोड १४ लाख ९६ हजार बढी र एभरेष्ट बैंकमा भने सात करोड नौ लाख एक हजारभन्दा बढीको कारोबार भएको नेप्सेले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ