arrow

कारोबार रकममा वृद्धिसँगै सामान्य अंकले बढ्यो नेप्से  

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक १६ बुधबार
bull-stock-nepse-share.jpg
तस्बिर – फाइल ।

काठमाडौं । बुधबार शेयर बजार मापक परिसूचक नेप्से ७.३२ अंकले बढेको छ । मंगलबार ५६ अंकले बढेको नेप्से आज १९३८.३० बिन्दुमा पुगेको छ । 

बजार बढेसँगै ठूला कम्पनीको सूचक मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ०.७९ अंकले बढेको छ । २९ हजार ४७ पटकको शेयर कारोबारमा २२७ वटा कम्पनीका ४३ लाख ४६ हजार ७०८ कित्ता किनबेच भएको थियो । जसमा एक अर्ब ४६ करोड ७९ लाख १४ हजार ८७५ रुपैयाँ बराबर कारोबार भएको छ ।
बजार बढे पनि १३ वटा उपसमूमध्ये तीनवटा उपसमूहका सूचक राताम्मे भएका छन् । १० वटा उपसमूहका सूचक हरियाली देखिएका छन् । 

बुधबार सर्वाधिक कमाउनेमा कर्पोरेट डेभलोपमेन्ट बैंक र कर्णाली डेभलपमेन्ट बैंक छन् । उक्त कम्पनीको शेयर मूल्य क्रमशः २३ रुपैयाँ र १८ रुपैयाँले वृद्धि भएर प्रतिकित्ता २८८ रुपैयाँ र २४० रुपैयाँ कायम भएको छ ।

आज सर्वाधिक गुमाउनेमा सबैको लघुवित्त र माहुली लघुवित्त रहेका छन् । उक्त कम्पनीको शेयरमूल्य ३ प्रतिशतभन्दा बढीले घटेको छ । 

शिवम् सिमेन्टको सर्वाधिक एक लाख १३ हजार ७२० कित्ता शेयर कारोबार हुँदा कम्पनीको शेयर मूल्य प्रतिकित्ता ६८५ रुपैयाँ कायम भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ