arrow

चिनियाँ चिप प्रयोग गर्ने एप्पलको योजना स्थगित

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज ३१ सोमबार
apple-store.jpg

काठमाडौं । वाशिंगटनले चिनियाँ प्रविधि व्यवसायहरू विरुद्ध निर्यात प्रतिबन्धहरू कडा गरेपछि अमेरिकी टेक दिग्गज एप्पल इंकले आफ्ना उपकरणहरुमा चीनको याङ्त्जे मेमोरी टेक्नोलोजी कम्पनी (वाईएमटीसी) को मेमोरी चिपहरू प्रयोग गर्ने योजना स्थगित गरेको छ ।

यस विषयमा जानकार व्यक्तिहरूका अनुसार एप्पलले यस वर्ष वाईएमटीसीद्वारा उत्पादित एनएएनडी फ्ल्यास मेमोरी चिप प्रयोग गर्ने योजना बनाएको थियो । शुरुमा चीनमा बिक्री हुने मोबाइलमा यो चिप प्रयोग गर्ने योजना थियो ।

त्यसपछि एप्पलले कुल आईफोनका लागि आवश्यक ४० प्रतिशत यही चिप प्रयोग गर्ने योजना बनाएको निक्कीले जनाएको छ।

चीनको अग्रणी मेमोरी चिप निर्माता वाईएमटीसी र अन्य ३० चिनियाँ संगठनहरू गत हप्ता अमेरिकी अन्वेषकहरूले जाँच गर्न असमर्थ भएका व्यवसायहरूको सूचीमा थपेको थियो ।

वाशिंगटनले बेइजिङसँग व्यापार युद्धलाई आक्रामक बनाउन खोजिरहेका बेला राजनीतिक दबाबकै बीच एप्पलले पनि यो चिप प्रयोग गर्ने योजना स्थगित गरेको हुनसक्ने ठानिएको छ । यद्यपि यस विषयमा एप्पलले आधिकारिक रुपमा कुनै जानकारी गराएको छैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ