मकवानपुर । मकवानपुरमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा भीमफेदी गाउँपालिका वडा नं. ६ जुरिखेतकी ३२ वर्षीया समिता रानामगर रहेकी छन् ।
प्रहरीका अनुसार घरदेखि एक किमी उत्तरतर्फको जङ्गलमा घाँस काट्न गएकामा भिरबाट लडेर उनको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले बताए ।
मृतक रानामगरको शव परीक्षणका लागि हेटौँडा अस्पतालमा ल्याइएको छ ।