arrow

ह्युमन मिल्क बैंक 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज १५ शनिबार
human-milk-bank.jpg

काठमाडौं । काठमाडौंस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले देशकै पहिलो ह्युमन मिल्क बैंक ‘अमृत कोष’ को स्थापना गरेको छ । मिल्क बैंकको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेसँगै सञ्चालनमा आएको हो ।

बालबालिकामैत्री स्वास्थ्य प्रणाली सुनिश्चित गर्ने उद्देश्यले बैंकको स्थापना गरिएको अस्पतालले जनाएको छ । समय नपुगेरै जन्मिएका, कम तौल भएका र अन्य जोखिममा रहेका शिशुलाई सबैभन्दा बढी आवश्यकता परेको बेलामा यस बैंकले अन्य आमाहरूबाट संकलन गरिएको दूध उपलब्ध गराउने भएको छ ।

 समय नपुगीकन शिशुहरू जन्मिँदा जीवनको पहिलो महिनामा मृत्युको उच्च जोखिममा हुन्छन् । यता समय नपुगेर जन्मिएएर कम तौल भएका शिशुहरू पनि अझ बढी जोखिममा हुन्छन् । पोषणको उत्तम स्रोत आमाको दूधले शिशुको जीवन सुनिश्चित गर्नुका साथै स्वास्थ्य विकासमा मद्दत पु¥याउने विश्वास गर्दै अस्पतालले ह्युमन मिल्क बैंकको अवधारणा ल्याएको हो ।

प्रायः विभिन्न समस्याले हरेक शिशुलाई प्रत्यक्ष स्तनपान सम्भव हुँदैन । यस्तो अवस्थामा उनीहरूका लागि उत्तम विकल्प भनेको आमाको दूध निकालेर खुवाउनु आवश्यक भएको परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालका निर्देशक प्रा.डा. अमिरबाबु श्रेष्ठ बताउँछन् । जब आमाको दूध पर्याप्त हुँदैन वा उपलब्ध हुँदैन, नवजात शिशुलाई बट्टाको दूध दिइने गरिन्छ । तर बट्टाको दूध खुवाउँदा त्यस्ता शिशुहरूमा संक्रमण (सेप्सिस्) र ‘नेक्रोटाइजिङ इन्टेरोकोलाइटिस्’ (आन्द्रासम्बन्धी एक प्रकारको रोग) को जोखिम उच्च हुन्छ ।

परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा रहेको ह्युमन मिल्क बैंक, ‘अमृत कोष’ मा सुत्केरी आमाबाट सुरक्षित रूपमा दान गरिएको दूध संकलन, प्रशोधन, परीक्षण र भण्डारण गरी आवश्यक परेका शिशुहरूलाई उपलब्ध गराउने सुविधा छ । यो ‘अमृत कोष’ नेपाल सरकार, युरोपियन युनियन र युनिसेफको साझेदारीमा स्थापना गरिएको हो ।

नेपालमा पहिलो ह्युमन मिल्क बैंक स्थापना गर्न नेपाल सरकार र युरोपियन युनियनसँग सहकार्य गर्न पाउँदा आफू हर्षित भएको युनिसेफले जनाएको छ । विशेष गरी समयअघि नै जन्मेका, कम तौल भएका र अन्य जोखिममा रहेका शिशुहरूलाई धेरै लाभ पुग्ने युनिसेफले जनाएको छ । 
 

Milk Bank 2.jpg
अमृत कोष
Milk Bank 3.jpg
Milk Bank 4.jpg
Milk Bank 5.jpg
Milk Bank 6.jpg
Milk Bank 7.jpg
Milk Bank 8.jpg
Milk Bank 9.jpg
Milk Bank 10.jpg
Milk Bank 11.jpg
Milk Bank 12.jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ