arrow

एनसेलको आकर्षक चाडपर्व योजना ‘होम एन्ड अवे डेटा प्याक’

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज १३ बिहिबार
ncell-home-and-away-data-pack-2079.jpg

काठमाडौँ। यो चाडपर्वको बेलामा एनसेलका ग्राहकले अब अझ सुलभ दरमा डेटा सेवाको फाइदा लिन सक्छन्। चाड वाडको बेलामा घरमा रहँदा होस् या बाहिर जहाँ भए पनि पनि डेटा सेवा लिन सकिने गरी एनसेल आजियाटा लिमिटेडले नौलो तथा आकर्षक ‘होम एन्ड अवे डेटा प्याक’ अफर सञ्चालनमा ल्याएको छ।

दसैँ, तिहार र छठ पर्वको अवसरमा ल्याइएको यो प्याक प्रयोग गरी ग्राहकले शुभकामना आदानप्रदान, चाडपर्वको उत्साह, उमङ्ग साट्नुका साथै आफ्ना प्रियजन र साथीभाइसँग सम्पर्कमा रही सहन सक्छन्। ग्राहकले यो प्याकमा कर सहित मात्र रु ५९९ मा ३० जीवी होम डेटा र ३० जीवी अवे डेटा गरी कुल ६० जीवी डेटा पाउँछन्।

  • घर होस् या बाहिर जहाँ पनि डेटा चलाउन मिल्ने विशेष प्याक 
  • ६० जीवी डेटा (३० जीवी होम डेटा ३० जीवी अवे डेटा) अब मात्र रु ५९९ मा
  • प्याक अवधिभर पेजी दर नलाग्ने

यो प्याक एनसेलले बिहीबार (असोज १३) बाट सञ्चालनमा ल्याएको हो। ग्राहकले सजिलै एष्ट्रिक्स१७१२३एष्ट्रिक्स३०ह्यास डायल गरेर यो प्याक किन्न सक्छन् । यसै गरी एनसेल एप र एनसेलको वेबसाइट मार्फत पनि यो प्याक लिन सकिन्छ।

प्याकमा पाइने कुल ६० जीवी डेटामा ३० जीवीको होम डेटा ग्राहकले घरमा रहँदा प्रयोग गर्नका लागि पाउँछन् भने ३० जीवीको अवे डेटा घर बाहिर बाहिर जहाँ पनि चलाउन सक्छन् । यो प्याक अन्तर्गत डेटा चलाउनका लागि ग्राहकले जुन स्थानमा रही यो प्याक सुचारु गर्दछ त्यही स्थानलाई होम लोकेसन मानिन्छ र अन्य स्थानलाई अवे लोकेसन मानिन्छ।

ग्राहकले आफ्नो आवश्यकता अनुसार आफ्नो होम प्याकको स्थान परिवर्तन पनि गर्न सक्छन् र प्याकमा रहेको डेटाबाट फाइदा लिन सक्छन्। यो प्याक सुचारु भएपछि २८ दिनको लागि मान्य रहन्छ।

यो डेटा प्याकको विशेषता भनेको प्याकमा रहेको डेटा भोलुम खपत भइसके पछि प्याकको समयावधि रहेसम्म पे एज यू गो (पेजी) दर लागु हुँदैन। होम एण्ड अवे डेटा प्याकमा रहेको डेटा सकिएमा ग्राहकले कुनै पनि अन्य डेटा प्याक खरिद गरी डेटा चलाउन सक्छन्। 

डेटा सेवालाई अझै सुलभ बनाउँदै आफ्ना ग्राहकका लागि नेपालमा नै पहिलो पटक यस्तो नौलो तथा आकर्षक प्याक ल्याउन पाएको हर्षित रहेको एनसेलले जनाएको छ। चाडपर्वको अवसरमा ल्याइएको यस प्याकले ग्राहकलाई घर होस् या बाहिर देशको जुनसुकै स्थानमा रही शुभकामना आदानप्रदान गर्न, चाडवाडका उत्साह तथा उमङ्गहरू साट्न र आफ्ना प्रियजन तथा साथीभाइहरूसँग सहजै सम्पर्क रही रहन मद्दत गर्दछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ