arrow

चीनलाई ठूलो धक्का: एप्पलले आईफोन-१४ भारतमा उत्पादन गर्न थाल्यो

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज ११ मंगलबार
iphone14-india.jpg

काठमाडौं । आफ्नो आपूर्ति शृंखलालाई चीनबाट बाहिर निकाल्न खोज्दै एप्पलले आफ्नो आईफोन १४ भारतमा बनाउन थालेको जानकारी दिएको छ ।

एप्पले आफ्ना धेरै जसो फोन चीनमा बनाउँदै आएको छ । तर, वाशिङटन र बेइजिङबीचको तनाव बढ्दै गएपछि कम्पनीले केही उत्पादन चीन बाहिर सारेको छ ।

कोभिड १९ को महामारीको समयमा देशव्यापी चर्काे लकडाउन निम्त्याउने चीनको शून्य कोभिड नीतिले विभिन्न व्यवसायहरुलाई समेत असर गरेको छ । टेक्नोलोजी जाएन्टले यस महिना सेप्टेम्बरको सुरुमा आफ्नो पछिल्लो फोन आईफोन १४ सिरिज सार्वजनिक गरेको थियो ।

एप्पले एक विज्ञप्ति जारी गर्दै भनेको छ,'नयाँ आईफोन १४ लाईन-अपले ग्राउन्डब्रेकिंग नयाँ टेक्नोलोजीहरू र महत्त्वपूर्ण सुरक्षा क्षमताहरू प्रस्तुत गर्दछ। हामी भारतमा आईफोन १४ उत्पादन गर्न पाउँदा उत्साहित छौं ।'

एप्पलका धेरैजसो फोनहरू उत्पादन गर्ने ताइवान आधारित फक्सकनले २०१७ देखि दक्षिणी भारतीय राज्य तमिलनाडुमा उत्पादन केन्द्र शुरु गरेको छ । त्यहाँ यसले ह्यान्डसेटहरूको पुरानो भर्जनको उत्पादन गर्दै आएको छ ।

तर अब, एप्पलले आफ्नो सबैभन्दा नयाँ उत्पादन आईफोन १४ लाई भारतमा बनाउन थाल्नु भारतका लागि ठूलो खुशीको कुरा हो ।

भारतमा बाजी लगाएर एप्पलले त्यहाँ आफ्नो पदचिह्न बढाउन खोजिरहेको छ। गत वर्ष भारतीय बजारमा एप्पलको हिस्सा केवल ४ प्रतिशत थियो । भारतीय स्मार्टफोन बजारमा निरन्तर प्रभुत्व जमाउन धेरै सस्तो दक्षिण कोरियाली र चिनियाँ स्मार्टफोनहरूसँग प्रतिस्पर्धा गर्न एप्पले संघर्ष गरिरहेको छ।

तर, भारतमा आईफोन उत्पादन गर्दा कम्पोनेन्ट र अन्य करहरूमा उच्च आयात शुल्कका कारण फोनहरू सस्तो भने हुे छैनन् । भारतीयहरूले आफ्नो आईफोनमा 'मेड इन इन्डिया' ट्याग पाए पनि मूल्य भने महँगो नै हुनेछ ।

भारतमा आईफोनको उत्पादन बढेको घोषणा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रशासनको लागि ठूलो जित हुनजाने देखिन्छ । मोदी सरकारले आठ वर्ष पहिले देशको उत्पादन र निर्यातलाई बढावा दिने लक्ष्यसहित आफ्नो प्रमुख 'मेक इन इण्डिया' अभियान शुरु गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ