arrow

एनसेलले ल्यायो इण्डिया भ्वाइस प्याक

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज ६ बिहिबार
ncell-logo-2079.jpg
फाइल तस्बिर

काठमाडौँ। एनसेलका ग्राहकले अब सुलभ दरमा भारतमा कल गर्न सक्छन्। एनसेल आजियाटा लिमिटेडले नजिकिँदै गरेको चाडपर्वको अवसरमा तीन वटा नयाँ भ्वाइस प्याकहरू ल्याएको छ।

यी प्याकहरू शुक्रवार (असोज ०७) देखि लागु हुनेछन्। एनसेलका सबै प्रिपेड तथा पोस्टपेड ग्राहकहरूले यी भ्वाइस प्याकहरूको प्रयोगबाट फाइदा लिन सक्नेछन्। भारतमा कल गर्न ग्राहकले आफ्नो आवश्यकता अनुसार १ दिन , ७ दिन वा २८ दिनको समयावधि रहेको प्याक सुचारु गर्न सक्नेछन्।

एक दिनको भ्वाइस प्याक अन्तर्गत ग्राहकले कर सहित मात्र रु ५५ मा भारत कल गर्नका लागि १५ मिनेट टक टाइम पाउँछन्। त्यस्तै ७ दिने भ्वाइस प्याक अन्तर्गत ग्राहकले रु २४९ मा भारत कल गर्नका लागि ७० मिनेट टक टाइम प्राप्त गर्दछन्।

आफ्नो आवश्यकता अनुसार बढी समयावधि चाहिने ग्राहकहरूले २१५ मिनेट टक टाइम रहेको भ्वाइस प्याक कर सहित मात्र रु ७४९ मा सुचारु गरी सुलभ दरमा भारतमा कल गर्न सक्छन्।

ग्राहकले एस्ट्रिक्स१७११८एस्ट्रिक्स७ह्यास डायल गरी निर्देशन अनुसार आफ्नो आवश्यकता अनुरूप भ्वाइस प्याक सुचारु गर्न सक्नेछन्। त्यस्तै ग्राहकले एनसेल एप, एनसेल वेबसाइट र एनसेलको आधिकारिक खुद्रा बिक्रेताहरूमार्फत इी भ्वाइस प्याकहरू सुचारु गर्न सक्नेछन्। 

सुलभ दरमा गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता अनुरूप भारतमा कल गर्नका लागि यी भ्वाइस प्याकहरू सञ्चालनमा ल्याएको एनसेलले जनाएको छ। भारतमा रहेका परिवार, साथीभाइ र आफन्तसँग सुलभ दरमा कल गर्न सकिने गरी ग्राहकहरूका लागि  चाडपर्वको अवसरमा यी प्याकहरू ल्याउन पाएकोमा कम्पनी निकै हर्षित रहेको एनसेलले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ