arrow

बारामा डेंगीको त्रास, चवालिस जनामा पुष्टि

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज ६ बिहिबार
dangue.jpg

बारा । बारामा डेंगीको प्रकोप बढ्दै गएको छ । डेंगीका बिरामी बढ्न थालेपछि सर्वसधारणमा त्रास छाएको छ । 

बारामा गत भदौ २८ गतेदेखि परीक्षण हुन थालेपछि अहिलेसम्म डेंगीका ४४ बिरामी फेला परेको जिल्ला जनस्वास्थ्य कार्यालयका निमित्त प्रमुख रामनरेशप्रसाद यादवले जानकारी दिए ।

उनका अनुसार कलैया अस्पतालमा ११ जना, जनस्वास्थ्य कार्यालयमा नौ र निजगढमा २४ डेंगीका बिरामी फेला परेका छन् । केही उपचारपछि घर फर्केका छन् भने कतिपयको प्रदेशिक अस्पताल कलैयामा उपचार भइरहेको यादवले बताए । 

डेंगी परीक्षण गर्न कीटको अभाव भएको छ । कीट आपूर्तिका लागि सम्बन्धित निकायलाई जानकारी गराएको यादवले बताउनुभयो । डेंगी अझै बढ्न सक्ने उनको भनाइ छ । 

बारामा डेंगीबाट अहिलेसम्म कोहीको पनि मृत्यु भएको छैन । डेंगीबाट बच्न घर वरपर सरसफाइ, पूरै शरीरभरि कपडा लगाउन, खाल्डाखुल्डीमा पानी जम्न नदिन र सावधानी अपनाउन प्रदेशिक अस्पताल कलैयाका डा विकेश पाण्डेयले सुझाव दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ