arrow

अख्तियारले बुझायो वार्षिक प्रतिवेदन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज ५ बुधबार
ciaa-report-president.jpg

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेस गरेको छ । राष्ट्रपति भवनमा बुधबार आयोजित समारोहमा आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले सो प्रतिवेदन पेस गरेका हुन् । 

संविधान अनुसार, सबै संवैधानिक निकायले वर्षभरि सम्पादन गरेका कार्यहरूको विवरण समावेश भएको प्रतिवेदन पेस राष्ट्रपतिसमक्ष पेस गर्ने संवैधानिक व्यवस्था छ । 

प्रमुख आयुक्त राईले नेपालको संविधानको धारा २९४ बमोजिम आर्थिक वर्ष २०७८–०७९ को अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन पेस गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ