arrow

एनसेलले ल्यायो अनलिमिटेड र अल नेटवर्क प्याक

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज ३ सोमबार
ncell.png
फाइल तस्बिर

काठमाडौँ। एनसेल आजियाटा लिमिटेडले आठौँ संविधान दिवसको अवसरमा आइतबार (असोज २) बाट लागु हुने गरी नयाँ दुई विशेष अफर सञ्चालन ल्याउँदै छ। यो अफर अन्तर्गत ग्राहकहरूले आकर्षक अनलिमिटेड डेटा र अन नेट भ्वाइस प्याकका साथै अल नेट भ्वाइस र एसएमएस प्याकको फाइदा लिन सक्छन्।

  • एक दिने अनलिमिटेड डेटा र अन नेट भ्वाइस प्याक मात्र रु ५९ मा
  • मात्र रु ९५ मा तीन दिन समयावधि भएको अल नेट २०० मिनेट टक टाइम र २०० वटा एसएमएस

यी प्याकहरू आइतबारबाट तीन दिनका लागि मात्र सञ्चालनमा रहनेछन्। यसको मतलब ग्राहकहरूले यी प्याकहरू आइतबार देखि मङ्गलवार अर्थात् असोज २ देखि ४ गतेसम्ममात्र लिन पाउनेछन्। असोज ३ गते सोमबार आठौँ संविधान दिवस मनाइँदै छ। 

ग्राहकहरूले एक दिन समयावधि रहेको अनलिमिटेड डेटा र अन नेट भ्वाइस प्याक कर सहित रु ५९ खरिद गर्न सक्छन् । यो प्याक सुचारु गरेपछि ग्राहकले एक दिन अर्थात् २४ घण्टासम्म अनलिमिटेड डेटा र अन नेट भ्वाइस सेवा लिन पाउँछन्।

एनसेल बाहेक अन्य सेवा प्रदायकका नम्बरहरूमा यो अफर अवधिभर अझ सुलभ दरमा कल गर्न र एसएमएस पठाउन ग्राहकले मात्र रु ९५ मा २०० मिनेट अल नेट टक टाइम र २०० वटै एसएमएस बन्डल भएको प्याक लिन सक्छन्। यस प्याकमा पाइने अल नेट टक टाइम र एसएमएसको समयावधि ३ दिनको हुन्छ।

संविधान दिवसको अवसरमा ल्याइएका दुवै प्याकले ग्राहकलाई ठूलो महत्त्व राख्ने विश्वास रहेको एनसेलले जनाएको छ। यी प्याकमार्फत ग्राहकले अझ सुलभ दरमा भ्वाइस, डेटा र एसएमएस सेवा लिन सक्छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ