arrow

बडादशैंमा सेना र तिनका आश्रितलाई निःशुल्क यातायात–हवाइ सुविधा 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज २ आइतबार
nepal-army-flight-dashian.jpg

काठमाडौं । नेपाली सेनाले यसपालि पनि बडादशैंमा निःशुल्क यातायात र हवाइ सेवा सञ्चालन गर्ने भएको छ । सेनाले प्रेस विज्ञप्ति जारी गरी सो जानकारी दिएको हो । विज्ञप्तिमा भनिएको छ, ‘२०७९ सालको बडा दशैंमा बिदा जाने नेपाली सेनाका बहालवाला सकलदर्जा तथा तिनका आश्रित परिवारहरुलाई नेपाली सेनाले प्रदान गर्दै आइरहेको विभिन्न कल्याणकारी सेवा सुविधा अन्तर्गत सहुलियतको यातायात सुविधा प्रदान गर्ने उद्देश्यका साथ मिति २०७९–०५–२९ गतेबाट मिति २०७९–०६–१८ गतेसम्म नेपाली सेनाद्वारा जमिनी एवं हवाई मुभ सञ्‍चालन गरी सकलदर्जा तथा आश्रित परिवारहरुलाई आआफ्नो गन्तव्य स्थलसम्म पुर्‍याउने कार्य भईरहेको जानकारी गराइन्छ ।’

त्यस्तै सेनाले सडक सञ्‍जालको सहज पहुँच पुगेका स्थानहरुमा जमिनी बाटोबाट र सडक सञ्‍जालको सहज पहुँच नपुगेका तथा दुर्गम पहाडी–हिमाली क्षेत्रहरुमा हवाइ उडान संचालन गर्ने योजना अनुरुप हालसम्म हवाई उडानमार्फत १३४ जना सकलदर्जा एवं आश्रित परिवारहरु लाभान्वित भएको र जमिनी मुभ असोज ४ गतेसम्म संचालन हुने जनाएको छ । 

प्रधानसेनापति महारथी प्रभुराम शर्माले पदबहाली भए पश्चात सकल दर्जालाई गरेको सम्बोधनमा उल्लेख भएको यो कार्यक्रम नेपाली सेनाले आफ्ना सकलदर्जा तथा आश्रित परिवारहरुलाई प्रदान गर्दै आईरहेको कल्याणकारी सेवासुविधाहरु अन्तर्गत सञ्‍चालन गरिएको हो । गत वर्ष यस सुविधा अन्तर्गत हवाई उडानमार्फत ११२ जना र जमिनी मुभमार्फत १३४० जना गरी जम्मा १४५२ जना सकलदर्जा तथा आश्रित परिवारहरु लाभान्वित भएका थिए ।

साथै यस वर्षको बडादशैंको विदामा जाने अधिकतम् सकलदर्जा तथा आश्रित परिवारहरुलाई जमिनी तथा हवाई यातायातमार्फत सम्बन्धितहरुको गन्तव्यसम्म पुर्याउने योजना रहेकोसमेत सेनाले जनाएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ