arrow

एनसेलले ल्यायो दसैँ रिचार्ज बोनस

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ २९ बुधबार
ncell-recharge-dashain-offer-2079.jpg

काठमाडौँ। एनसेल आजियाटा लिमिटेडले नजिकिँदै गरेको दसैँको अवसरमा आकर्षक रिचार्जमा बोनस योजना ल्याएको छ । यस योजना अन्तर्गत ग्राहकले हरेक दिन रु १०० वा सो भन्दा बढीको रिचार्जमा अधिकतम रु ४० सम्म बोनस ब्यालेन्स प्राप्त गर्न सक्छन् । 

यो योजना भदौ २८ गते मङ्गलवार देखि सञ्चालनमा आएको छ । यो योजना अन्तर्गत एनसेलका ग्राहकले रु १०० को रिचार्ज गर्दा १ दिन मान्य रहने रु १० बोनस स्वरूप प्राप्त गर्नेछन् । यो योजना अन्तर्गत बोनस प्राप्त गर्न ग्राहकले जुनसुकै रकमको रिचार्ज गर्न सक्छन् र बोनस ब्यालेन्स रिचार्ज गरिएको रकमको आधारमा हरेक दिन पाइन्छ ।

  • दैनिक रु १०० भन्दा माथिको हरेक रिचार्जमा बोनस ब्यालेन्स पाइने 
  • ग्राहकले ७ दिन समयावधि भएको रु ४० सम्मको बोनस ब्यालेन्स पाउन सक्ने

यस योजना अन्तर्गत यदि ग्राहकले एक दिनमा एकै पटक वा पटक–पटक गरी रु १५० रिचार्ज गरेमा रु २० बोनस स्वरूप प्राप्त गर्छन् । प्राप्त बोनस रकम ३ दिनको लागि मान्य रहन्छ । त्यस्तै ग्राहकले एक दिनमा एकै पटक वा पटक–पटक गरी रु २०० वा सो भन्दा बढीको रिचार्ज गरेमा ग्राहकले रु ४० बोनस ब्यालेन्स प्राप्त गर्छन् र यो बोनस रकम ७ दिनको लागि मान्य हुन्छ । 

यो योजना अन्तर्गत बोनस प्राप्त गर्न ग्राहकले कुनै पनि माध्यमबाट रिचार्ज गर्न सक्छन् । प्राप्त बोनस ग्राहकले एनसेल नेटवर्क भित्र कुरा गर्न, एसएमएस पठाउन र इन्टरनेट चलाउन प्रयोग गर्न सक्छन् । 

आफ्ना ग्राहककलालागि रु १०० वा सोभन्दा बढीको रिचार्जमा बोनस ब्यालेन्स सुनिश्चित गर्दै यो आकर्षक योजना ल्याउन पाएकोमा निकै हर्षित रहेको एनसेलले जनाएको छ । यस योजनाले ग्राहकलाई चाडबाडको अवसरमा परिवार तथा साथीभाइसँग सम्पर्कमा रहिरहन र शुभकामना आदान प्रदान गर्नमा थप मद्दत गर्ने विश्वास एनसेलले लिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ