arrow

चोलेन्द्रले मुछेका नेताहरुलाई महाभियोग सिफारिस समितिको सम्मान, न्याय क्षेत्रकासँग बिहीबारदेखि बयान 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ २९ बुधबार
cholendra-shamsher-jabara-2079-05-16.jpg
तस्बिर– महाभियोगको बयानका क्रममा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, फाइल ।

काठमाडौं । महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले बयानका क्रममा मुछेका नाममध्ये राजनीतिज्ञहरूबाहेक अरुलाई बोलाउने भएको छ । बुधबार बिहान बसेको सिफारिस समितिको बैठकले सो निर्णय गरेको हो । 

समितिका सभापति रामबहादुर विष्टले बयानका क्रममा चोलेन्द्रशमशेर जबराले नाम लिएका पूर्वन्यायाधीश, नेपाल बार, सर्वोच्च बार, वरिष्ठ अधिवक्ता र अधिवक्ताहरू जो जो छन्, उनीहरूलाई बोलाउने र आजै पत्राचार गर्ने निर्णय गरेको जानकारी दिए । 

जबराले बयानका क्रममा ललिता निवासको जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल, डा.बाबुराम भट्टराईलगायतको नाम लिएका थिए ।

यस्तै, पूर्वप्रधानन्यायाधीश दीपककुमार कार्की, अधिवक्ताहरू शम्भु थापा, रमणकुमार श्रेष्ठ, चण्डेश्वर श्रेष्ठ, पूर्णमान शाक्य, ओमप्रकाश अर्याललगायतको नाम जबराले बयानका क्रममा लिएका थिए । 

अब ती सबै नाम मुछिएकासँग समितिले बिहीबारदेखि सोधपुछ गर्नेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ