arrow

महाभियोगको लहरो

चोलेन्द्रको महाभियोगबारेको बयान सकियो, सोधियो ४३ प्रश्न 

उनले आक्षेप लगाएका व्यक्तिहरुलाई पनि छलफलका लागि बोलाउने समितिको निर्णय

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ २८ मंगलबार
cholendra-shamsher-jabara-2079-05-16.jpg

काठमाडौं । महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग बयान सकेको छ । गत १ फागुनमा प्रतिनिधि सभामा जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता भएको थियो । 

प्रस्ताव दर्ता भएसँगै प्रधानन्यायाधीशबाट निलम्बनमा परेका जबरासँग १५ भदौबाट प्रतिनिधि सभा अन्तर्गतको महाभियोग सिफारिस समितिले बयान लिएको हो । जबरासँग बयान लिन समितिले ४३ वटा प्रश्न तयार गरेको थियो । 

मंगलबार ८ वटा प्रश्नको जवाफ लिएसँगै समितिले जबरासँगको बयान सकेको हो । पाँच दिन दिएको बयानका क्रममा आफूमाथि लगाइएको महाभियोग प्रस्तावको औचित्य नै सकेको दाबी गर्दै उनले सर्वोच्च अदालतका न्यायाधीश, अधिवक्ता, राजनीतिज्ञमाथि विभिन्न आक्षेपसमेत लगाएका छन् । 

उनले आक्षेप लगाएका व्यक्तिहरुलाई पनि छलफलका लागि बोलाउने मंगलबार नै समितिले निर्णय गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ