प्रचण्डको लक्ष्य –माओवादीलाई पहिलो वामपन्थी शक्ति बनाउने
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ २४ शुक्रबार
695
Shares
काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी केन्द्रलाई देशकै पहिलो वामपन्थी पार्टी बनाउने गरी चुनावी तालमेल गर्न लागेको जानकारी दिएका छन् ।
पोखरामा शुक्रबार अखिल नेपाल प्रगतिशिल जनस्वास्थ्यकर्मी महासंघको प्रथम राष्ट्रिय सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सत्तारुढ गठबन्धनभित्र माओवादी केन्द्रलाई देशकै पहिलो वामपन्थी पार्टी बनाउने गरी तालमेल गर्न आफूले खोजेको बताएका हुन् ।
आउँदो ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा माओवादी पहिलो वामपन्थी शक्ति बनाउनुपर्ने प्रचण्डको भनाइ छ । ‘हाम्रो लक्ष्य के छ भने प्रदेश र संघको निर्वाचनमा जाँदा गठबन्धनमा तालमेल पनि यसरी होस् कि माओवादी केन्द्र देशको पहिलो वामपन्थी कम्युनिष्ट पार्टी बनोस् । र देशकै निर्णायक राजनीतिक शक्ति बनोस् । हामी यही ढंगले तालमेल गर्न खोज्दै छौँ,’ प्रचण्डले भने ।