arrow

आईफोन १४ सिरिज: दुर्घटनामा जोगाउनेदेखि स्याटेलाईटसँग सम्पर्क गर्ने सम्मका फिचर

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ २३ बिहिबार
iphone-14-apple-watch.jpg

काठमाडौं । एप्पलले बुधबार राति ‘फार आउट’ इभेन्टमा आईफोन १४ सिरिज सार्वजनिक गरेको छ । आईफोन १४ सिरिजसँगै एप्पल वाच एसई, एप्पल वाच सिरिज ८ र एप्पल वाच अल्ट्रा पनि नयाँ फिचरसँगै सार्वजनिक गरेको छ ।

एप्पलका यी नयाँ प्रोडक्टको बारेमा पहिलेदेखि नै टुक्रा टुक्रा टिप्पणी आइ नै रहेका थिए । तर, एप्पले आधिकारीक रुपमा सार्वजनिक गरेसँगै आईफोन १४ सिरिजले विशेष चर्चा पाइरहेको छ ।

आईफोन १४ सिरिजमा कम्पनीले आईफोन १४, आईफोन १४ प्लस, आईफोन १४ प्रो र आइफोन १४ प्रो म्याक्स गरी चार मोडल सार्वजनिक गरेको छ। कम्पनीले अन्य सिरिज जस्तो आईफोन १४ सिरिजको डिजाइनमा बाहिर निकै परिवर्तन भने गरेको छैन। 

६.७ इन्च डिस्प्ले रहेको आईफोन १४ र प्लसमा १२ मेगापिक्सेलका दुई ओटा क्यामेरा छन् । आईफोन १४ प्रोमा ४८ मेगापिक्सेलको मुख्य क्यामेरा छ, जसबाट एटके (8k) भिडियो खिच्न सकिन्छ ।

आईफोन १४ र प्लसमा  ए१५ चिप समावेश छ भने, आईफोन १४ प्रो र प्रो म्याक्समा ए१६ बायोनिक चिप छ। प्रो र प्रो म्याक्समा नचको फिचर छ । यसलाई एप्पलले डाइनामिक आइल्याण्ड भनेको छ ।

आईफोन १४ र आईफोन १४ प्लसमा ६० हर्ज र १४ प्रो र १४ प्रो म्याक्समा १२० हर्ज रिफ्रेस रेटको डिस्प्ले छ ।

सबैमा ओएलईडी स्क्रिन छ भने, १४ प्रो र  प्रो म्याक्समा २००० निट्सको ब्राइटनेस छ, जुन आईफोन १३ को तुलनामा करिब दुई गुणा बढी हो।

मुख्य फिचर

आईफोन १४ र र प्लसमा भौतिक सिम कार्ड ट्रे छैन । अब यसमा ई सिम प्रयोग हुनेछ भने सिरिजले दुई वटा सीमा कार्ड सपोर्ट गर्छ ।

आईफोन १४ र प्लसमा ५१२ जीबी र प्रो र प्रो म्याक्समा १ टीबीसम्मको स्टोरेज क्षमता छ ।

यस सिरिजमा फेस आईडी बायोमेट्रिस, म्याग सेफ चार्जिङ एक्सेसिरिज, भिडिओ स्टेबलाइजेसन, फाइभजी सपोर्टलगायतका फिचर छन् ।

विशेष गरी आईफोन १४ प्रो र प्रो म्याक्समा वायरलेस चार्जिङ फिचर रहेको छ । 

यस्तै सुरक्षामा अति महत्त्वपूर्ण फिचरका रूपमा क्र्यास डिटेक्सन (दुर्घटना पत्ता लगाउने) र आवश्यक परेका बेला स्याटेलाइट (भूउपग्रह)सँग सम्पर्क गर्न सकिने फिचर रहेको छ । क्र्यास डिटेक्सन फिचर अहिले झनै शुद्धताका साथ उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार मोबाइल नेटवर्क नभएको ठाउँ आप्तकालिन म्यासेज गर्न स्याटेलाइटको प्रयोग गर्न सकिनेछ । यस्तै यसको दुर्घटना पत्ता लगाउने फिचर दुवै स्मार्ट वाच र आईफोन १४ फिचरमा उपलब्ध छ ।

यो फिचरले दुर्घटनाको महसुस गरेर, सुनेर र मापन गरेर, जाइरोस्कोप, एक्सेलेरोमिटर, माइक्रोफोन, ब्यारोमिटर र वास्तविक डाटाको माध्यमबाट दुर्घटना पत्ता लगाउँछ ।

मूल्य

आईफोन १४ को मूल्य ७९९ डलर करिब करिब १ लाख १ हजार रुपैयाँ रहेको छ भने, आईफोन १४ प्लसको मूल्य ८९९ डलर करिब १ लाख १३ हजार रुपैयाँ रहेको छ ।

यस्तै आईफोन १४ प्रोको मूल्य ९९९ डलर करिब १ लाख २६ हजार रुपैयाँ र आईफोन १४ प्रो म्याक्सको मूल्य १०९९ डलर करिब १ लाख ३९ हजार रुपैयाँ रहेको छ ।

आईफोन १४ र प्लस मिडनाइट, स्टारलाइट, निलो, रातो र सेतो रङ्गमा उपलब्ध छ भने, प्रो र प्रो म्याक्स ब्ल्याक, गोल्ड, सिल्भर र बैजनी रङ्गमा उपलब्ध छ ।

यस्तै एप्पल वाच एसई करिब ३१ हजार ५ सय रुपैयाँ (२४९ डलर) देखि उपलब्ध छ भने, एप्पल वाच सिरिज आठ ५० हजार ३ सयदेखि उपलब्ध छ भने, एप्पल वाच अल्टा्र भने करिब १ लाख एक हजार रुपैयाँ (७९९)डलरदेखि उपलब्ध छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ