arrow

निर्माण व्यवसायी संघमा सरोजकुमार

logo
मणि गैह्रे, 
प्रकाशित २०७९ भदौ २१ मंगलबार
saroj-kumar-aryal-kapilvastu-nirman-byabasayee.jpg

कपिलबस्तु । कपिलबस्तु निर्माण व्यवसायी संघको अध्यक्षमा सरोजकुमार अर्याल विजयी भएका छन् । अर्याल ८९ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्धन्द्धी चन्द्रशेखर श्रेष्ठले ५१ मत ल्याएका थिए ।

त्यस्तै प्रथम उपाध्यक्षमा तपेश्वरी कहार ७५, द्धितीय उपाध्यक्षमा सुनिल शुक्ला ८६, महासचिवमा शिवदयाल ठाकुर ८५, सचिवमा रमेशकुमार मिश्र निर्वाचित  भएका छन् । 

त्यस्तै कोषाध्यक्षमा लालमोहर तेली १०७ र सहकोषाध्यक्षमा नलिन गौतम भुषाल ७५ मत ल्याएर विजयी भएका छन् । सदस्यहरुमा अब्दुल गफ्फार दर्जी ११५, पवन अग्रहरी ११२, राजकुमार मिश्र १०५, पन्चम सिंह ८४, दिपेन्द्रनाथ शुक्ल ८१ र टुकलाल पुन ७७ मत ल्याएर विजयी भएको निर्वाचन संयोजक अमितकुमार श्रीवास्तवले बताए ।

अर्यालले अगामी दिनमा सम्पूर्ण निर्माण व्यवसायीलाई सहकार्य गरेर अगाडि बढ्ने बताए । अर्याल पत्रकारिता पृष्ठभूमिका निर्माण ब्यवसायी हुन् । लामो समय नेपाल टेलिभिजनमा काम गरेका अर्याल पत्रकारितासँगै निर्माण ब्यवसाय क्षेत्रमा सक्रिय थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ