arrow

चोलेन्द्रको बयान लम्बिने संकेत, दुई दिनमा ४३ मध्ये छ वटामात्र प्रश्नको जवाफ, अहम् भावना बढी  

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ १६ बिहिबार
cholendra-shamsher-jabara-2079-05-16.jpg

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको दोस्रो दिनको बयान सकिएको छ । उनलाई बिहान ११ बजे महाभियोग सिफारिस समिति बैठकले बयानका लागि सिंहदरबारमा बोलाएको थियो । 

समितिका सदस्यहरुले आज उनलाई दुईवटा प्रश्न सोधेका थिए । योसहित ४३ मध्ये ६ वटा प्रश्न सोधिएको छ । पहिलो दिन बुधबार ४ वटा प्रश्नको जवाफ दिएका थिए । 

गत १ फागुनमा सत्तारुढ दलका सांसदहरुले जबराविरुद्ध महाभियोगको प्रस्ताव प्रतिनिधिसभामा दर्ता गरेका थिए । प्रतिनिधिसभाले गठन गरेको महाअभियोग सिफारिस समितिले उनको बयान लिन थालेको हो । 

बयानका क्रममा उनले महाभियोग प्रस्ताव नै निस्क्रिय भइसकेको र न्यायाधीश, बार पदाधिकारी र राजनीतिक दलका नेतामाथि गम्भीर आरोप लगाएका छन् । 

उनको जपाफमा अहम् भावना पैदा भएको एक समिति सदस्यले बताए । जबराले महाभियोग सिफारिस समितिले सोधेको प्रश्न औचित्यहीन भएको दाबी गरेसँगै उनमा अहम् भावना पैदा भएको बताइएको हो । 

प्रधानन्यायाधीश असक्षम र पूर्णतः विफल हुन पुगेको भन्ने आरोपको विषयमा सोधिएको प्रश्नमा उनले यसको कुनै औचित्य नभएको दाबीसमेत गरेका छन् । उनले समितिको प्रश्नमाथि नै प्रश्न उठाएपछि समितिमा रहेका सांसदहरू आक्रोशित भएका थिए । 

जबराले भने, ‘मैले संवैधानिक र तत्कालीन प्रमाणबारे बोलेको हुँ कसैलाई आरोप लगाएको होइन ।’ 

तेस्रो दिनको बयान अब आइतबार हुनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ