arrow

न्यायमूर्तिको महाभियोगः चार घण्टामा चार जवाफ, आज ३९ प्रश्न तेर्सिँदै  

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ १६ बिहिबार
cholendra1.jpg

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको बयान आज पनि हुँदैछ । प्रतिनिधि सभाको महाभियोग सिफारिस समितिले जबराको बयान लिइरहेको छ । 

बुधबार समितिले सिंहदरबारमा चोलेन्द्रको बयान लिएको थियो । तर बयान नसकिएपछि उनको आज पनि बयान हुने कांग्रेस सांसद मीन विश्वकर्माले जानकारी दिए । 

समितिले जबरालाई सोध्न ४३ वटा प्रश्न तयार गरेको थियो तर बुधबार उनले ४ वटा प्रश्नको मात्र जवाफ दिएका छन् । बयानका क्रममा जबराले आफूमाथिको महाभियोग प्रस्ताव नै अवैध रहेको तर्क गरेका थिए । 

उनले आफूमाथि प्रतिशोधका आधारमा महाभियोग लगाइएको जिकिर गरेका थिए । बुधबार जबराले चार घण्टा बयान दिएका थिए ।

न्यायमूर्ति नै न्याय माग्दै बयान दिन [फोटोफिचरसहित]



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ