निधीले भने- मधेसका २२ जिल्ला बाहेकका क्षेत्रबाट चुनाव लड्न तयार
समानुपातिक सांसद बन्न सक्ने
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ १६ बिहिबार
2.4k
Shares
धनुषा । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधीले मधेसका २२ जिल्ला बाहेकका कुनै पनि क्षेत्रबाट निर्वाचनमा भाग लिन आफू तयार रहेको बताएका छन् ।
क्षेत्रीय र जिल्ला कमिटीले सर्वसम्मत निर्णय गरे आफू पहाड र हिमालको क्षेत्रबाट चुनाव लड्न तयार रहेको उनले स्पष्ट पारे।
जनकपुरधाममा आयोजित क्षेत्रस्तरीय कार्यकर्ता भेला तथा अन्तर्क्रियामा पूर्व उपसभापतिसमेत रहेका नेता निधीले स्वयं समानुपातिक सांसदका रूपमा समेत संसद्मा प्रवेश गर्न सक्ने सम्भावना रहेको जानकारी गराए ।
पूर्व उपप्रधानमन्त्रीसमेत रहेका नेता निधीले, आफू अन्य क्षेत्रबाट चुनाव लडे पनि समानुपातिक सांसदका रूपमा सांसद भए पनि सहज रुपमा लिन धनुषा निर्वाचन क्षेत्र नं ३ का नेता कार्यकर्तालाई आग्रहसमेत गरे ।