arrow

बयान दिन पुगे चोलेन्द्र

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ १५ बुधबार
cholendra-rana-chief-justice.jpg

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमेशर जबरा प्रतिनिधि सभा अन्तर्गतको महाभियोग सिफारिस समितिमा बयान दिन पुगेका छन् । बुधबार बिहान उनी सिंहदरबारस्थित समितिको सभाकक्षमा पुगेका हुन् ।

समितिले उनीमाथि लागेको आरोपका सम्बन्धमा छलफलका लागि बोलाएको हो । उनी विरुद्ध संघीय संसद् सचिवालयमा महाभियोग प्रस्ताव दर्ता भएपछि उनको पद निलम्बनमा परेको छ । 

नेपालको न्यायीक तथा संसदीय इतिहासमा पहिलो पटक प्रधानन्यायाधीशसँग बयान लिइएको हो । 

गत १ फागुनमा सत्तारुढ दलले महाभियोग लगाएपछि २३ फागुनमा प्रतिनिधि सभाले महाभियोग सिफारिस समिति गठन गरेको थियो । सोही सिफारिस समितिले पहिलो पटक बयान लिन लागेको हो । 

अपडेटः जबरा पुगेको डेढ घण्टापछिमात्र बैठक शुरु भएको छ । बयानका लागि बिहान ११ बजे बोलाएका समिति सदस्य सांसदहरु नआउँदा जबरा उनीहरुलाई पर्खेर बस्नु परेको थियो । 

जबरालाई सोध्न ४३ वटा प्रश्न तयार पारेको समितिको बुधबार ढिलो गरी बैठक थालेको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ