arrow

भाग्यमानी माओवादी सांसदहरु, कर्णालीका सबै सांसद मन्त्री

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ १३ सोमबार
maobadi-kendra.jpg_1617715441.png

सुर्खेत । कर्णाली प्रदेशबाट प्रतिनिधित्व गर्ने नेकपा माओवादी केन्द्रका दुई मन्त्रीले आज सपथ लिँदैछन् । रुकुम पश्चिमका रातो कामी र जाजरकोटकी कृष्णा शाह आचार्यले कर्णाली प्रदेश सरकारको मन्त्री पदको सपथ लिने भएका हुन् । सो सपथ लिएसँगै कर्णाली प्रदेशका सबै ११ माओवादी प्रदेश सांसद मन्त्री भएका छन् ।

माओवादीले सबै सांसदलाई भागबन्डा दिन आर्थिक मामिला तथा योजनामन्त्री बिन्दमान विष्ट र जलस्रोत तथा उर्जा विकासमन्त्री गणेशप्रसाद सिंहलाई राजिनामा दिन लगाएको थियो । 

सो निर्देशनसँगै मुख्यमन्त्री जीवनबहादुर शाही समक्ष दुई मन्त्रीले आइतबार राजीनामा दिएका थिए । रिक्त दुई पदमा दुई सांसदले मन्त्रीको सपथ लिने बुझिएको छ ।


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ