arrow

महाभियोग पुष्टि हुने गरी बारले चोलेन्द्रविरुद्ध बुझायो प्रमाण

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ १२ आइतबार
cholendra-rana-chief-justice.jpg

काठमाडौं । नेपाल बार एशोसिएशनले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरामाथिको महाभियोग पुष्टि हुने ३४ बुँदे प्रमाणसहितको पत्र सङ्घीय संसद्को महाभियोग सिफारिस समितिलाई बुझाएको छ ।

बारका अध्यक्ष गोपालकृष्ण घिमिरे र महासचिव अञ्जिता खनालले महाअभियोग पुष्टि हुने प्रमाण कागजातसहितको पत्र आइतबार समितिमा बुझाएको हो । पत्रमा प्रधानन्यायाधीश जबरा उपरको नेपालका संविधानको धारा १०१ बमोजिम महाभियोग प्रस्तावलाई पुष्टि गर्ने महाभियोग आरोपसँग सम्बन्धित कागजात, विवरण, जानकारी लगायतका प्रमाणहरू पठाइएको उल्लेख छ ।

 “प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराउपर नेपालको संविधानको धारा १०१ वमोजिम महाभियोग प्रस्तावलाई पुष्टि गर्नका लागि महाभियोग आरोपसँग सम्वन्धित कागजात, विवरण, जानकारी लगायतको प्रमाणहरू पेश गरिएको छ”,उक्त पत्रमा लेखिएको छ । 

महाभियोग सिफारिस समितिले यही भदौ १५ गते निलम्बित प्रधानन्यायाधीश जबरालाई बयानका बोलाउने निर्णय गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ