arrow

शेयर कारोबारमा उतारचढाव 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ ८ बुधबार
nepal-stock-exchange.png

काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सामान्य अंकले बढेको छ । शुरुआतदेखि नै तीव्र उत्तारचढाव देखिएको नेप्से झिनो अंकले बढेर बन्द भएको हो । 

आज नेप्से २.८७ अंकले घटेर दुई हजार ५७ दशमलब ८५ बिन्दुमा बन्द भएको छ । नेप्से झिनो अंकले बढे पनि एक अर्ब ५२ करोड ६१ लाख रुपैयाँ बराबरको मात्र कारोबार भएको छ ।   

कारोबार भएका कम्पनीमध्ये १०१ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने ७३ वटा कम्पनीको शेयरमूल्य घटेको छ । १३ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । यसमध्ये दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । अपर हेवाखोला हाइड्रोपावर र मन्दाकीनी हाइड्रोपावर सेयरमूल्यमा उच्च वृद्धि भएको हो ।  

नेप्सेका अनुसार आज सिद्धार्थ इक्युटी फण्ड सेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको सेयरमूल्य ३ प्रतिशतभन्दा बढीले घटेको हो । आज सबैभन्दा बढी अरुण काबेली पावर कम्पनीको सेयर किनबेच भएको छ । काबेलीको १६ करोड ९२ लाखभन्दा बढीको कारोबार भएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ