नारायणकाजीको नेतृत्वमा माओवादीले निर्वाचन घोषणापत्र बनाउने, यी हुन् सत्र सदस्यीय समिति सदस्यहरु
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ ४ शनिबार
880
Shares
काठमाडौं । नेकपा माओवादी केन्द्रले वरिष्ठ उपाध्यक्ष नारायणकजी श्रेष्ठको नेतृत्वमा १७ सदस्यीय निर्वाचन घोषणापत्र मस्यौदा समिति गठन गरेको छ ।
शनिबार पार्टी मुख्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले श्रेष्ठको नेतृत्वमा प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि १७ सदस्यीय निर्वाचन घोषणापत्र मस्यौदा समिति गठन भएको हो ।
समितिमा देव गुरुङ, गिरिराजमणि पोख्रेल, वर्षमान पुन, जनार्दन शर्मा, शक्ति बस्नेत, लीलामणि पोख्रेल, गणेश साह, परशुराम तामाङ, अमृता थापा, पर्शुराम रम्तेल, जगत सिम्खडा, जाकिर हुसेन, हरि रोका, मिनबहादुर श्रेष्ठ, मिरा ढुंगाना र कृष्ण चौधरी रहेका छन् ।