माओवादी केन्द्रको महासचिवमा देव गुरुङको नाम प्रस्ताव
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ ४ शनिबार
1.1k
Shares
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी महासचिवमा देवप्रसाद गुरुङलाई प्रस्ताव गरेका छन् । उनले २१ सदस्यीय पदाधिकारीको प्रस्ताव गर्दै गुरुङलाई महासचिव दिने तयारी गरेको बैठक स्रोतले जनाएको छ ।
बैठक पार्टी मुख्यालय पेरिसडाँडामा चलिरहेको छ । त्यस्तै वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठलाई प्रस्ताव गरेको पनि बैठक स्रोतले जनाएको छ ।