माछापुच्छ्रे बैङ्कद्वारा भाटभटेनी सुपरमार्केटलाई नेपाल पे क्युआर कोड हस्तान्तरण
हाम्रा कुरा
प्रकाशित २०७९ साउन २९ आइतबार
729
Shares
काठमाडौँ। माछापुच्छ्रे बैङ्कले भाटभटेनी सुपर मार्केट तथा डिपार्टमेन्ट स्टोरलाई एनसीयचयलद्धारा प्रवर्द्धित नेपाल पे क्युआर कोड हस्तान्तरण गरेको छ। नगदरहित कारोबारलाई प्रवर्द्धन गर्ने तथा ग्राहक एवम् व्यापारीलाई सहज डिजिटल बैङ्किङ सेवाको पहुँच पुर्याउने लक्ष्यका साथ नेपाल पे क्युआर सेवा भाटभटेनी सुपर मार्केट तथा डिपार्टमेन्ट स्टोरका अध्यक्ष मीन बहादुर गुरुङज्यूलाई एक औपचारिक कार्यक्रममा माछापुच्छ्रे बैङ्कका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाबाट हस्तान्तरण गरिएको हो।
उक्त कार्यक्रममा बैङ्कका नायब प्रमुख कार्यकारी अधिकृत सर्जु कुमार थापा, नायब महा प्रबन्धक प्रसिद्ध राज अर्याल लगायतको पनि उपस्थिति रहेको थियो। नेपाल पेको क्युआर सेवा सुरु भए सँगै ग्राहकहरूले आफूले उपभोग गरेको बस्तु तथा सेवाको रकम भुक्तानी सिधै आफ्नो बैङ्क खाताबाट एम स्मार्ट (एमबीएलको मोबाइल बैङ्किङ आवेदन) मार्फत भुक्तानी गर्न सकिने बैङ्कले बताएको छ।
आफूले प्रयोग गरेको बस्तु तथा सेवाको आफ्नै बैङ्क खाता मार्फत डिजिटल भुक्तानी गर्दा ग्राहकको साथै व्यापीलाई समेत खुद्रा पैसाको झन्झट नहुने, बचत गर्ने बानीको विकास हुने, व्यापारीलाई हरेक दिन आफूले गरेको व्यापारबाट आएको पैसा जम्मा गर्न बैङ्कसम्म जानुपर्ने लगायतका थुप्रै सुविधाहरूको कारणले गर्दा क्युआर कोड सेवाको पछिल्लो समय सबै वर्ग र क्षेत्रमा आकर्षण बढ्दै गएको छ।
यही कुरालाई मध्यनजर गर्दै माछापुच्छ्रे बैङ्कले पछिल्लो समय देशका धेरैजसो स्थानहरूमा आक्रामक रूपमा यो सेवा प्रदान गर्दै आइरहेको छ।
स्थापना कालदेखि नै नयाँ नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिबद्ध रहेको माछापुच्छ्रे बैङ्कले हालै मात्र नेपाली कर्मशियल बैङ्किङ इतिहासमा पहिलो पटक आफ्नै मोबाइल वालेट रेमिट्याप सञ्चालनमा ल्याएको छ भने अन्य डिजिटल सेवाहरू जस्तै मोबाइल बैङ्किङ सेवा, इन्टरनेट बैङ्किङ सेवा, अनलाइन मार्फत खाता एवं मुद्दती खाता खोल्ने लगायतका थुप्रै अत्याधुनिक प्रविधिहरू आफ्ना ग्राहक माझ ल्याइसकेको छ।