arrow

महाभियोग प्रस्तावमाथि छलफल हुँदै

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन २२ आइतबार
cholendra-rana-chief-justic.jpg

काठमाडौँ । आज बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध दर्ता भएको महाभियोगको प्रस्तावमाथि छलफल हुँदै छ । 

संसद् सचिवालयका अनुसार आज ११ बजे प्रतिनिधि सभाको बैठकमा प्रधानन्यायाधीश राणाविरुद्ध दर्ता भएको महाभियोगको प्रस्तावमाथि छलफल अघि बढाइने सम्भावित कार्यसूची रहेको छ ।

पाँच महिनाअघि गत फागुनमा सत्तारुढ दलका सांसदहरूले प्रधानन्यायाधीश राणाविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेका थिए । 

प्रधानन्यायाधीश राणाविरुद्ध सत्तारुढ नेपाली कांग्रेस, नेकपा माओवादी र एकीकृत समाजवादीका ९८ जना सांसदले फागुन १ गते संसद् सचिवालयमा महाभियोग प्रस्ताव दर्ता गरेका थिए ।

अविश्वासको प्रस्ताव दर्ता भए पनि त्यसमाथि कारबाही हुन नसक्दा यसको आलोचना भइरहेको थियो । 



नयाँ