arrow

रामचन्द्र पौडेलकाे कथन : जति बाँच्छु, सामाजिक कार्यमा लाग्छु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन १० मंगलबार
ramchandra-poude-2079l.jpg

तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बाँचुन्जेल सामजिक कार्यमा लाग्ने बताएका छन् । व्यास नगरपालिका वडा नं. १४ कुलुङ्गमा आज कार्यकर्तासँग भेटघाट गर्दै उनले आगामी दिनमा काम गरेर देखाउने उल्लेख गरे । 

“म जति दिन बाँच्छु, बाँचुन्जेल सामाजिक क्षेत्रमै काम गर्छु,” नेता पौडेलले भने । व्यास नगरपालिका वडा नं. १२ को छिर्कनबाट व्यास-१४ को कुलुड हुँदै केशवटार जोड्ने सडक निर्माण गर्न आफूले विशेष पहल गरेको उनले बताए । कुलुङ्ग, छाब्दी र बन्दीपुरलाई जोडेर पर्यटकीय गन्तव्य बनाउनुपर्नेमा नेता पौडेलले जोड दिए । 

पर्यटकीय प्रवर्द्धनका लागि जिल्लाका ऐतिहासिक एवं धार्मिक क्षेत्रको संरक्षण र संवर्द्धनमा जोड दिन आवश्यक रहेको उनले बताए । विगतमा रोकिएका विकास निर्माणका कामलाई निरन्तरता दिइने नेता पौडेलले उल्लेख गरे । उनका साथमा गण्डकी प्रदेशका आन्तरिक मामिलामन्त्री डोबाटे विक पनि रहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ