एक वर्षमा नेपालबाट दुई खर्बभन्दा बढीको वस्तु निर्यात, व्यापार ४२ प्रतिशतले वृद्धि
हाम्रा कुरा
प्रकाशित २०७९ साउन ९ सोमबार
439
Shares
काठमाडौं । गत आर्थिक वर्ष २०७८–७९ मा नेपालको निर्यात व्यापार ४१.७४ प्रतिशतले वृद्धि भएको छ । भन्सार विभागका अनुसार गत आर्थिक वर्ष नेपालले विभिन्न देशमा २ खर्ब ३ करोड ९ लाख ६२ हजार रुपैयाँको वस्तु निर्यात गरेको छ ।
अघिल्लो आर्थिक वर्ष २०७७–७८ मा नेपालले १ खर्ब ४१ अर्ब १२ करोड ४० लाख ८० हजार रुपैयाँको वस्तु निर्यात गरेको विभागले जनाएको छ ।
कोरोना महामारी नियन्त्रण गर्न विभिन्न देशले गरेको लकडाउन खुकुलो भएसँगै नेपालको निर्यात व्यापार वृद्धि भएको हो ।