arrow

नागरिकता विधेयक बहुमतले पारित

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन ६ शुक्रबार
parliament-citizenship-bidheyak-pass.jpg

काठमाडौं । प्रतिनिधि सभाको शुक्रबारको बैठकले बहुप्रतीक्षित नेपाल नागरिकता ऐन, २०६३ (पहिलो संशोधन) विधेयक २०७९ पारित गरेको छ । बैठकमा सो विधेयकबारे दफाबार छलफलमा सांसदहरूले राखेको जिज्ञासामा गृहमन्त्री बालकृष्ण खाँणले जवाफ दिएपछि निर्णयार्थ प्रस्तुत गरिएको थियो । मन्त्री खाँणले प्रस्तुत गरेको प्रस्ताव बहुमतले पारित भएको हो ।

विधेयकमा भएको प्रावधानबारे वैवाहिक अङ्गीकृत नागरिकता पाउनका लागि सात वर्ष समयसीमा तोक्ने र नेपालीसँग विवाह गर्ने विदेशी पुरुषले नागरिकता लिन चाहेमा व्यवस्था हुनुपर्ने भन्ने सम्बन्धमा प्रमुख प्रतिपक्षी नेकपा ९एमाले० का सांसदहरूका तर्फबाट प्रस्तुत संशोधन प्रस्तावहरू बहुमतले अस्वीकृत भएको थियो ।

विधेयकमा ९४ विषयमा ४५ जना सांसदले संशोधन प्रस्ताव पेस गरेका थिए । वैवारिक अङ्गीकृत नागरिकताका लागि सात वर्ष समयसीमा तोक्नेबारेमा विगतमा प्रतिनिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा सहमति भएको थियो ।

प्रतिनिधिसभाको अर्को बैठक यही साउन ८ गते आइतबार दिउँसो १ बजे बस्नेछ ।



लोकप्रिय समाचार
नयाँ