arrow

मन्त्री सिंहसँग भारतीय राजदूत श्रीवास्तवको शिष्टाचार भेटवार्ता

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन ५ बिहिबार
krishimantri-nawin-sriwastav-indian-ambassy.jpg

काठमाडौं । कृषि तथा पशुपक्षी विकासमन्त्री मृगेन्द्रकुमार सिंह यादवसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गरेका छन् । 

 मन्त्रालयमा बिहीबार भएको भेटमा सरकारी तवरबाट रासायनिक मलको आपूर्ति, नश्ल सुधारका लागि भारतबाट मुर्रा जातको भैँसी आयात र ऊखु तथा कफीको नयाँ जातको आयात तथा मानव संशाधन विकासका लागि अध्ययन गर्नेलगायत विविध विषयमा छलफल भएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता प्रकाशकुमार सञ्जेलले जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ