arrow

राजधानीमै टिपरभित्र महिलालाई जबरजस्ती करणी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २९ बुधबार
nepal-police12.jpg

काठमाडौं । एक टिपर चालकले राजधानीमै टिपरभित्र महिलालाई जबरजस्ती करणी गरेका छन् । ३२ वर्षीय टिपर चालक ज्ञानबहादुर नेपालीले चन्द्रागिरि नगरपालिका-७ स्थित नेपाल आयल निगमको थानकोट डिपो जाने बाटोमा महिलालाई जबरजस्ती करणी गरेका हुन् । 

डिपो जाने बाटोमा पार्किङ गरी राखेको रा १ ख २७३४ नम्बरको टिपरभित्र महिलालाई जबरजस्ती करणी गरेको खुल्न आएको काठमाडौं जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले बताए । 

दोलखाबाट काठमाडौं आएको उक्त टिपरले गौशालाबाट ती महिलालाई हालेर थानकोट ल्याएका थिए ।

थानकोटस्थित प्रहरी वृत्तबाट खटिएको टोलीले पीडित महिलाको उद्धार गरी उपचारका लागि प्रसूति गृहमा पठाएको प्रहरी उपरीक्षक मैनालीले बताए । 

चालक ज्ञानबहादुर नेपालीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका नेपालीलाई मुलुकी फौजदारीसंहिता २०७४ को करणीसम्बन्धी कसुरअन्तर्गत काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गराइ अनुसन्धान गरिरहेको जनाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ