लिउको आज प्रचण्ड, भोलि ओली र पर्सी राष्ट्रपतिसँग भेट
हाम्रा कुरा
प्रकाशित २०७९ असार २७ सोमबार
797
Shares
काठमाडौं। चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ चियान्चाओले आज नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भेटघाट गर्दै छन् ।
प्रचण्डसँग उनले सोल्टी होटलमा भेट्न लागेका हुन् । आज बेलुका हुने भेटमा वाम गठबन्धन र राजनैतिक अवस्थाबारे कुराकानी हुने बताइएको छ ।
मङ्गलबार नेता चियान्चाओ नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली निवास बालकोट जाँदैछन् । उनी बिहान बालकोट पुगेर ओलीसँग छलफल गर्नेछन् ।
चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभाग प्रमुखमा नियुक्त भए लगत्तै लिउले असार ९ गते माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र असार १० गते एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भिडियोमार्फत कुराकानी गरेका थिए ।
बालकोटबाट निस्किएर चियान्चाओ बानेश्वर स्थित एभरेस्ट होटल छिर्नेछन् ।मङ्गलवार दिउँसो एभरेष्टमा उनले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र वरिष्ठ नेता झलनाथ खनाललाई भेट्ने छन् ।
बुधबार उनले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर चीन फर्किने छन् ।
हिजो जियानचाओले प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भेटवार्ताका थिए ।
नेपालमा वाम गठबन्धन जरुरी रहेको सीपीसीको विश्लेषणसँगै लिउ नेपालका कम्युनिष्ट पार्टीहरुबीच एकताको माहौल बनाउन आएको बताइएको छ ।