arrow

बत्तीस एसपीको एसएसपीमा बढुवा सिफारिस, यी हुन् भाग्यमानीहरु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २५ शनिबार
police-head-Q.jpeg

काठमाडौं । नेपाल प्रहरीका ३२ जना एसपीको एसएसपी बढुवामा सिफारिस गरिएको छ । बढुवा समितिको शनिबार बसेको बैठकले प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को नियम २७ को उप(नियम (४) बमोजिम उनीहरूको बढुवा गरिएको हो ।

बढुवा सिफारिसमा पर्नेमा गणेश चन्दको नाम एक नम्बरमा रहेको छ । यस पटकको बढुवा सिफारिसमा राष्ट्रिय अनुसन्धान विभागबाट नेपाल प्रहरीमा प्रवश गरेका विमल बस्नेत र रामेश्वर यादव बाहेक सबैले अवसर पाएका छन् ।

बस्नेत सुर्खेत ट्राफिकमा हुँदा घुस काण्डमा परेका र रामेश्वर यादव पनि सुर्खेतमै घुस काण्डमा परेर कारवाही भोगेका कारण बढुवा सिफारिसमा परेनन् ।

सिफारिस हुनेहरुमा गणेश चन्द, सिद्धिविक्रम शाह, सुशीलसिंह राठौर, उमाप्रसाद चर्तुवेदी, दानबहादुर कार्की, डा मनोजकुमार केसी, राजन अधिकारी, जीवनकुमार श्रेष्ठ, हिमालयकुमार श्रेष्ठ, डम्बरबहादुर विक, ओमबहादुर राना, ईश्वर कार्की, राजेन्द्रप्रसाद भट्ट, दिनेशकुमार आचार्य र अरुण पौडेल रहेका छन् । 

यस्तै गोविन्द थपलिया, माधवप्रसाद श्रेष्ठ, दिल्लीराज विष्ट, मनोजकुमार यादव, रेवती ढकाल, दीपेन्द्र घर्ती क्षेत्री, दीपक रेग्मी, दिलीपसिंह देउवा, विनोद घिमिरे, किसनसिंह थापा, सुदर्शनप्रसाद कोइराला, दीपककुमार बस्नेत, जयराज सापकोटा, सुरेन्द्रबहादुर गुरुङ, सञ्जिव शर्मादास, लोकेन्द्र श्रेष्ठ र शारदाप्रसाद चौधरी रहेका छन् । 

उनीहरुलाई प्रहरी नियमावली, २०७१ (संशोधनसहित)को नियम २७ को उपनियम (४) अनुसार बढुवाका लागि सिफारिस गरिएको बढुवा समितिसदस्यसचिव एवं प्रहरी अतिरिक्त महानिरीक्षक पूजा सिंहले जानकारी दिइन् । 

यी हुन् बढुवा सिफारिसमा परेकाहरु–
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ